१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अरिंगालको लोभमा बर्षेनि ज्यान गुमाउँदै युवा : गुल्मीमा पाँच वर्षमा ४ जनाले ज्यान गुमाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२o:oo

आइतबार राति रेसुंगा नगरपालिका-७ का २२ वर्षीय जीवन विक अरिंगाल पोल्ने क्रममा टोकेर घाइते भए । साथीहरूसँग अरिंगाल पोल्न गएका विक अरिंगालले टोकी घाइते भएपछि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । 

२५ भदौमा इस्मा-६ का ३२ वर्षीय मनोज डाँगी अरिंगालले टोकेर घाइते भए । १३ भदौमा मुसिकोट नगरपालिका-७ का २५ वर्षीय पदम नेपाली, २२ साउनमा धुर्कोट गाउँपालिका-४ का ३५ वर्षीय देवेन्द्र भण्डारी र छत्रकोट गाउँपालिका-२ का २७ वर्षीय हेमराज रासकोटी अरिंगालले टोकेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

भदौदेखि मंसिरसम्म अरिंगालले गोला बनाउने र बच्चा जन्माउने मौसम हो । अरिंगालका बच्चामा पौष्टिक तत्व हुने भन्दै गाउँदेखि सहरसम्म अरिंगाल पोल्ने चलन छ । अझै अहिले त अरिंगालको व्यावसायिक खेतीसमेत सुरु गरिएको छ ।

अग्लो रुखमा अरिंगालले गोलो लगाउने, टोक्ने र विषालुसमेत हुने भएकाले रुखबाट लडेर वा अरिंगालले टोक्ने जोखिम बढी हुन्छ । अरिंगालले टोकेर बर्षेनि मानिसले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् ।

पाँच वर्षमा ४ जनाले ज्यान गुमाए
मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेशसिंह ठकुरीको अरिंगालले टोकेर २९ साउनमा ज्यान गयो । रेसुंगा नगरपालिका-८ का ५६ वर्षीय बेदबहादुर रानाले पनि ३ असोज ०७९ मा अरिंगालले टोकेर ज्यान गुमाए ।

मालिका गाउँपालिका-८ का ३२ वर्षीय सोनु दर्जीको पनि अरिंगालले टोकेर २४ असोज ०७७ मा ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिल्ली नारायण पाण्डेयले बताए । त्यस्तै, रुरु गाउँपालिका-१ का १२ वर्षीय पवन अधिकारीले पनि अरिंगालले टोकेर ६ असोज ०७६ मा ज्यान गुमाएका थिए ।