
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइएको छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिएर यो पर्व मनाइन्छ। आज एकै दिन नरक चतुर्दशी, कुकुरतिहार र लक्ष्मीपूजा परेको छ।
यस अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले पनि कुकुर तिहार मनाएकाे छ। कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरूले कला प्रदर्शनसमेत गरेका छन्। अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएका कुकुरलाई आज पुरस्कृतसमेत गरिएको छ। कुकुरको कला प्रदर्शन प्रहरी उच्च अधिकारीहरूले समेत अवलोकन गरेका थिए।