मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o कार्तिक २५ शनिबार
  • Saturday, 12 July, 2025
रासस इथियोपिया
२o८o कार्तिक २५ शनिबार १४:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इथियोपियामा ७६ लाख बालबालिका विद्यालयबाहिर

Read Time : < 1 मिनेट
रासस, इथियोपिया
नयाँ पत्रिका
२o८o कार्तिक २५ शनिबार १४:१८:oo

इथियोपियामा चरम प्राकृतिक तथा मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालयबाहिर रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ।

इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले शिक्षामा बालबालिकाको पहुँचमा नकारात्मक असर गरिरहेको जनाएको छ।

प्रतिवेदनका अनुसार अम्हारादेखि ओरोमियाको बीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने  बालबालिकाको संख्यामा उल्लेख्य वृद्धि भएको छ। इथियोपिया कुल ७६ लाख बालबालिका विद्यालयबाहिर रहेको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले अम्हारा क्षेत्रमा द्वन्द्व चलिरहेको तनावपूर्ण  तथा अस्थिर अवस्था कायम रहेको देखाएको छ। नियमित आवागमनमा प्रतिबन्धहरू कायमै रहेकाले मानवीय सहायताको प्रावधानमा कठिनाइहरू व्याप्त छन्।

युनिसेफले अम्हारा क्षेत्रीय शिक्षा ब्युरोलाई उदृत गर्दै द्वन्द्वका कारण समस्याग्रस्त क्षेत्रका विभिन्न स्थानका २८ वटा  विद्यालयमा क्षति पुर्‍याएको जनाएको छ। जसका कारण नयाँ शैक्षिक वर्षको शिक्षा पुनः सञ्चालनमा चुनौती खडा गरेको छ।

साथै, यस क्षेत्रका अन्य भागमा भारी वर्षा, हावाहुरी र बाढीका कारण दुई सय ५४ विद्यालयमा क्षति पुग्दा ९२ हजार ६०० भन्दा बढी बालबालिका प्रभावित भएको जनाइएको छ। कोषको कमीले इथियोपियामा मानवीय प्रतिक्रियामा बाधा पुर्‍याइरहेको छ।