१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २४ शुक्रबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रिना साहलाई मेयर पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १७:१o:oo

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहलाई पदमा पुनर्वहाली गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले साहलाई मेयर पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

साह ०७९ वैशाख ३० को निर्वाचनबाट एमालेको तर्फबाट मौलापुर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएकी थिइन्। उनी दल त्यागेर गएको भन्दै एमालेले जानकारी गराएपछि निर्वाचन आयोगले उनको पद गुमेको सूचना निकालेको थियो। त्यसपछि साहले आयोगलाई विपक्षी  बनाई रिट दायर गरेकी थिइन्।

‘प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म मौलापुर नगरपालिकाको निवेदिका निर्वाचित भएको नगर प्रमुख पद रिक्त भएको भनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगले गरेको पत्राचार, निवेदिकाको नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८०/६/२९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू–नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ।

सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ।

हेर्नुहोस् आदेश :