१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २० बिहीबार १९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई किलो चाँदीका अवैध गहनासहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o१:oo

सर्लाही प्रहरीले ठूलो परिमाणमा चाँदीका अवैध गरगहनासहित एकजनालाई पक्राउ गरेको छ।

भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको गरगहनासहित भारत सितामढी जिल्ला वसन्तपुर ग्राम पञ्चायत– ७ का १९ वर्षीय लभ दासलाई प्रहरीले पक्राउ गरेको हो।

साइकलमा आउँदै गरेका दासलाई मलंगवा–८ लच्कामा खानतलासी गर्दा उनको साथबाट १ किलो ९५० ग्राम चाँदीको तयारी गरगहना कम्मरमा बाँधेको अवस्थामा फेला पारेको प्रहरीले      जनाएको छ। 

बरामद गहनामा ठूलो सिक्का, सानो सिक्का, हनुमानी, औँठी, पायल, ब्रासलेट, प्लेट, लक्ष्मी गणेशको मूर्ति र सिक्रीलगायतका सामग्री फेला परेको छ। उक्त चाँदीको गरगहनाको बजार मूल्य २ लाख ३२ हजार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।

ad
ad