१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Wednesday, 03 July, 2024
श्रवण थापा सर्लाही
२o८o कार्तिक २३ बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ठूलो परिमाणमा बरामद पटका सर्लाही प्रहरीद्वारा नष्ट

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १८:oo:oo

सर्लाही प्रहरीले ठूलो परिमाणमा बरामद भएको अवैध विस्फोटक पदार्थ (पटका) नष्ट गरेको छ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले पटका नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरमा सरोकारवाला निकायको उपस्थितिमा खाल्डोमा पुरेर विस्फोटक पदार्थ नष्ट गरेको थियो। जिल्ला प्रहरीका एसपी प्रवीण धितालका अनुसार प्रहरीले मलंगवा नगरपालिका–८ बाट उक्त पटका बरामद गरेको थियो।

उक्त बरामद विस्फोटक पदार्थको हालको बजार मूल्य १५ लाख ३५ हजारबराबर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए।

दीपावली तथा छठ पर्वलाई लक्षित गरी व्यापारीहरूले भारतीय बजारबाट लुकाइछिपाई नेपाल भित्र्याउन लागेको अवस्थामा झिरझिरे १५ कार्टुन, फ्लावर पटका ५ कार्टुन, नागिन पटका ६ बोरा, फूलझरी २ बोरा, बुलेट बम, फिस बमलगायतका पटका बरामद गरिएको हो।

ad
ad
ad
ad