१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

डेढ लाख पुरस्कारको मुसीकोट प्रथम मेयर कप सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

गुल्मीमा सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप भलिबल सुरु भएको छ। मेयर कपको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे। 

मुसीकोट नगरपालिका– ४ ग्वादिकाचौरमा २४ कात्तिकसम्म मेयर कप सञ्चालन हुनेछ। मेयर कपलाई सम्बाेधन गर्दै भुसालले संरचनासँगै खेलाडीहरूको प्रशिक्षणमा स्थानीय सरकारले जोड दिनुपर्ने बताए।

मेयर कपका लागि मुसीकोेट नगरपालिकासँगै गुल्मीका रेसुंगा, कालीगण्डकी, मदाने, चन्द्रकोट, मालिका र बागलुङ तमानखोला, निसी, बडिगाड र गल्कोट नगरपालिका सहभागी रहेको मुसीकोट नगर खेलकुद विकास समिति अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए।

मेयर कपमा विजेताले डेढ लाख, मेडल र प्रमाणपत्र र उपविजेताले एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्षेत्रीले बताए। मुसीकोट नगरपालिकाका मेयर जीवन खरेलले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा विभिन्न प्रतियोगितामा मुसीकोटको राम्रो उपस्थिति र स्थान रहेकाले आफूहरूले खेल क्षेत्रमा विशेष लगानी गरिरहेको बताए।

उनले ग्वादिकाचौरसहित वडास्तरमा खेल संरचना निर्माण, खेलाडी सम्मान, प्रोत्साहनसहित प्रतियोगिताहरूको आयोजना गरिरहेको बताए।

कार्यक्रममा जिल्लाका पहिलो राष्ट्रिय भलिबल खेलाडी छवि खरेल र केही समयअघि सम्पन्न जिल्लास्तरीय दौडमा प्रथम स्थान प्राप्त गर्ने मुसीकोट– ८ का भुवन खत्रीलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकारहरू उज्ज्वल गिरी र विष्णु श्रीपालीको सांगीतिक प्रस्तुति रहेको थियो।