१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

११ किलो सुन तस्करीमा संलग्न थप एक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीको घटनामा संलग्न थप एकजना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महिमा माझीलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको सिआइबीकी एआइजी किरण बज्राचार्यले बताइन्।

माझीले सुन तस्करीको रकम क्रिप्टोमार्फत विदेशमा भुक्तानी गर्दै आएको अनुसन्धानमा खुलेको छ। उनीसँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। १५ मध्ये राज तामाङ नाबालाक भएकाले उनलाई तारेखमा छाडिएको जिप्रका दोलखाका डिएसपी दीपक खड्काले बताए।

डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो। पक्राउ परेकाविरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरी–पैठारी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।

फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ। त्यस्तै, दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङले पनि सघाएका थिए।

तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् । सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन्।

उनीहरूले यसअघि पनि सो नाकाबाट सुन तस्करी गर्दै आएका थिए। आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो । यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।