१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

केयूले २८ नवीनतम सोचलाई एक करोड ४० लाख लगानी गर्ने

मंगलबारदेखि १५ पुससम्म आवेदन दिन सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३७:oo

काठमाडौं विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाका लागि एक करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितका विभिन्न व्यवसायको प्रवद्र्धनका लागि लगानी गर्ने भएको हो । 

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइने केयूले जनाएको छ । यसअन्तर्गत सम्पूर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । एक करोड रुपैयाँचाहिँ ऊर्जालगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ । यसअन्तर्गत आवेदकहरू केयूसँग आबद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारीलगायतले मात्र आवेदन दिन पाउने जानकारी दिइएको छ । 

केयूका अनुसार प्रत्येक पाँच लाख गरी २८ वटा नवीनतम सोचले परियोजनाबाट सहायता पाउनेछन् । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइज नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।लगानीका लागि मंगलबारदेखि खुला गरिएको आवेदन ३१ डिसेम्बरसम्म तोकिएको छ । निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको  इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।

‘नवीनता सोचमा आधारित व्यापार र व्यवसायको प्रवद्र्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र विद्यार्थीदेखि लगानी गर्न चहानेहरूसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौँ,’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र भएर उनीहरूको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’ प्रस्तावित परियोजना लगानी योग्य नभएमा उनीहरूलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयूले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समितिसमेत गठन 
गरेको छ । 

केयूअन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले आठ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियालाई लगानी गरिसकेको छ । विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी गरेका छन् । इनरजाइज नेपालका अनुसार यस आयोजनामार्फत दुई सयभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइसकेका छन् । लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए ।