
नीति अधिवेशनसमेत गर्ने गरी हुन लागेको कांग्रेसको महासमिति बैठकको मिति फेरि सरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले यसबारे जानकारी गराएको हो।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए। कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो।
कांग्रेसले मंसिर १३ देखि १५ मा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। भूकम्पपछि कार्यसम्पादन समिति बैठकले मंसिर २९ देखि पुस २ सम्म अधिवेशन गर्ने निर्णय गरेको थियो।