Skip This
अटोमेटिक पेस्तोल र दुई लाखसहित तीनजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Wednesday, 12 August, 2026
२o८o कार्तिक २१ मंगलबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अटोमेटिक पेस्तोल र दुई लाखसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १४:१४:oo

सशस्त्र प्रहरी बल सिराहाले अटोमेटिक पेस्तोल र नगद रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल लहानको टोलीले लहान नगरपालिका– १ सिंगराहीमा चेकजाँचको क्रममा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका– ८ का ३२ वर्षीय अनिल राम, सुरुंगा नगरपालिका– ५ का ३० वर्षीय जिवानन्द चौधरी र सप्तरीको खड्क नगरपालिका– ४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैरेले जानकारी दिए। 

सशस्त्र प्रहरी बलको टोलीले लहान नगरपालिका– १ सिंगराहीमा स. ९ प. ४९७१ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा नाै एमएमको अटोमेटिक पेस्तोल एक थान, सोको म्याग्जिन एक थान, गोली दुई राउन्ड र एक लाख ८४ हजार दुई सय ५३ रुपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक गैरेले बताए।

त्यस्तै उनीहरूको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल सेट र चार लाख ६४ हजार पाँच सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्डसमेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए। 

पक्राउ परेका तीनैजना आपराधिक गतिविधिमा संलग्न रहेकाे भन्दै प्रहरी उपरीक्षक गैरेले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लहानलाई बुझाइएको बताए।