१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक २० सोमबार १५:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विश्वकपमा सर्मनाक प्रदर्शनपछि श्रीलंका क्रिकेट बोर्ड बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १५:१३:oo

विश्वकपमा भारतसँगको सर्मनाक हारको केही दिनपछि श्रीलंका खेलमन्त्री रोशन रणसिंगेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन्। 

व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक संकटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ। श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुंगालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ।

कोलम्बोमा मन्त्री रणसिंगेले भने, ‘पूर्वकप्तान रणतुंगा क्रिकेटलाई पुनर्जीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो।’ उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीनजना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए। 

रणतुंगाले क्रिकेट पुनर्निर्माणको चुनौती स्वीकार गरेको बताए। ‘श्रीलंका क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु,’ उनले भने।  

बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो। गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको हारपछि मन्त्री रणसिंगेले सार्वजनिक रूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए।

मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलंका एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो। यो विश्वकपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो। 

उक्त हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो। 

मन्त्री रणसिंगेले श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए। उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भने, ‘तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ।’

श्रीलंकाले सोमबार बंगलादेशसँग खेल्दै छ। विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ।