१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १९ आइतबार ११:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गुल्मी भलिबल कपमा सत्यवतीको सानदार जित

महिला-पुरुषकै उपाधि सत्यवतीको पोल्टामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार ११:४९:oo

प्रथम भलिबल कप २०८० को महिला तथा पुरुषतर्फका दुवै उपाधि सत्यवती गाउँपालिकाको पोल्टामा परेका छन्। यो बिरलै प्राप्त हुने अवसर हो। 

उपाधिसँगै सत्यवतीले खेल क्षेत्रमा राम्रो सम्भावना देखाएको छ। १५ कात्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको थियो। 

प्रतियोगितामा सत्यवती गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि हात पारेका हुन्। पुरुषतर्फ सत्यवती गाउँपालिका र छिमेकी कालीगण्डकी गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो।

शनिबार कालीगण्डकी गाउँपालिकालाई पराजित गर्दै सत्यवतीले पुरुषतर्फ ७७ हजार सात सय ७७ र महिलातर्फ ३५ हजार राशिको पुरस्कार प्राप्त गरेको थियो। 

उपविजेता कालीगण्डकी गाउँपालिकाले ५५ हजार पाँच सय ५५ राशिको उपाधि जितेको छ। बेस्ट अफ फाइभको सोझो तीन सेट सत्यवतीले जितेको थियो। त्यसैगरी चन्द्रकोट गाउँपालिका तृतीय र मुसिकोट नगरपालिका सान्त्वना भएका छन्।

महिलातर्फको फाइनल खेलमा पनि सत्यवतीले कालीगण्डकीलाई पराजित गर्दै ३५ हजार राशिको उपाधि जितेको छ। उपविजेता कालीगण्डकीले २५ हजार राशिको पुरस्कार प्राप्त गरेको भलिबलसंघ गुल्मीले जनाएको छ। 

सत्यवती र कालीगण्डकीबीचको महिलातर्फको प्रतिस्पर्धा पुरुषको भन्दा रोचक बनेको थियो। त्यसैगरी प्रतियोगितामा रुरु क्षेत्र गाउँपालिकालाई पराजित गरेर गुल्मीदरबार गाउँपालिका तृतीय भएको छ। भने रुरु क्षेत्र गाउँपालिका सान्त्वना भएको खेल संयोजक सन्तोष पुनले जानकारी दिए। 

प्रतियोगितामा पुरुषतर्फ तृतीय हुने चन्द्रकोटलाई ३३ हजार तीन सय ३३ र सान्त्वना हुने मुसिकोटलाई ११ हजार एक सय ११ प्रदान गरिएको छ।

महिला भलिबलतर्फ तृतीय हुने गुल्मीदरबारलाई १५ हजार र सान्त्वना हुने रुरुक्षेत्रलाई १० हजार प्रदान गरिएको संघका महासचिव नारायण आचार्यले जानकारी दिए। पुरुष र महिला दुवैतर्फ प्रथम र द्वितीय हुनेलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय र सान्त्वना हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको महासचिव आचार्यले जानकारी दिए।
 
जिल्ला भलिबल संघले जिल्लाको भलिबल खेलको विकासमा योगदान गरेका अग्रज खेलाडीलाई पनि सम्मान गरेको छ। त्यस्तै, नवौँ राष्ट्रिय लुम्बिनी प्रदेशस्तरीय भलिबलमा प्रथम हुने १० जना खेलाडी र कोचलाई पनि संघले सम्मान गरेको महासचिव आचार्यले बताए।