१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करीका नाइके दावा छिरिङको नेपाली नागरिकता रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

सवारीसाधनका पाटपुर्जामा लुकाएर सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता सरकारले रद्द गरेको छ।

उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोक जिल्लाबाट नेपाली नागरिकता लिएका थिए। 
बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको नागरिकता रद्द गरेको हो।

छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए। तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ।

नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका छन्। व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ। सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन्।

छिरिङसँगै पक्राउ परेका अन्य चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ। ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ। तर, सेटिङमा विदेशीलाई नागरिकता दिने कर्मचारीमाथि भने छानबिन र कारबाही भएको छैन।