१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Saturday, 28 September, 2024
२o८o कार्तिक १६ बिहीबार o८:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी प्रदेशमा महुवाको मदिरा ‘परीक्षण उत्पादन’ गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार o८:१६:oo

लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न लागेको हो । 

महुवालगायत अन्य फलफूलबाट मदिरा उत्पादन गर्न प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । मुख्यमन्त्री चौधरीले भने ‘परीक्षण उत्पादनपछि यसको प्रभावकारिता हेरेर अन्य ठाउँमा पनि उत्पादन सुरु हुनेछ ।’ 

उद्योग तथा पर्यटन डिभिजन कार्यालय, बाँकेले राप्तीसोनारी गाउँपालिकासँग सहकार्य गरी महुवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन गर्ने सहमति भएको डिभिजन प्रमुख दिनेश अधिकारीले जानकारी दिए । उनले भने ‘महुवाको मदिरा परीक्षण उत्पादन राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ बाट सुरु गर्ने गाउँपालिकासँग सहमति भएको छ ।’

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार स्थानीय मदिराको प्रवद्र्धन गर्न महुवाबाट पहिलोपटक मदिरा उत्पादन गर्न थालेको बताए । यसका लागि उद्योग तथा पर्यटन डिभिजन मन्त्रालयले कार्यविधि बनाएको छ । डिभिजन प्रमुख अधिकारीले लुम्बिनी प्रदेशका अन्य स्थानभन्दा राप्तीसोनारीका सामुदायिक वनमा बढी महुवा पाइने भएकाले छनोट गरिएको बताए । उनले महुवाको स्थानीय मदिरा उत्पादनका लागि दुईवटा वडाका ३० घर छनोट गरिएको जानकारी दिए ।