१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १५ बुधबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एउटा समझदारी बनेकाले संक्रमणकालीन न्याय छिट्टै टुंगिन्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १७:१३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शीर्ष तहमा संक्रमणकालीन न्यायका विषयमा एउटा समझदारी बनेकाले छिट्टै टुंगो लाग्ने दाबी गरेका छन्।

एमालेले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन्। 

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा केन्द्रित रहेर छलफल गरेका थिए।

‘आज बिहान मात्रै नेपाली कांग्रेसका सभापति, एमालेका अध्यक्ष र म बसेका थियौँ, एउटा अन्डरस्टान्डिङ बनेको छ, छिट्टै टुंगिन्छ यो,’ प्रधानमन्त्रीले भने, ‘हामीले पटक-पटक भिक्टिम सेन्टर नै भनेका छौँ। विधेयकमा पनि त्यही कुरा छ।’

प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेस दुवैले गरेको चियापान कार्यक्रमले पार्टीहरूको बीचमा समझदारीको वातावरण बनाएको र आफूले पनि त्यसका लागि पहल गरेको पनि बताए। मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। 

आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु,’ प्रचण्डले भने। 

उनले एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताकार्यकर्ता साथीहरूलाई शुभकामना पनि दिए।