मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Wednesday, 18 December, 2024
२o८o कार्तिक १५ बुधबार o७:२o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाँके र बर्दियाका दुई लाखलाई खानेपानी सुविधा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार o७:२o:oo

बाँके र बर्दियामा ५४ वटा खानेपानी आयोजना सम्पन्न भएको छ । बाँकेमा २८ र बर्दियामा २६ खानेपानी आयोजना सम्पन्न भई पानी वितरण सुरु भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपानेले जानकारी दिए । उनले आर्थिक वर्ष ०७९/८० सम्म बाँकेका ९२ हजार चार सय २८ अर्थात् १५.३२ प्रतिशत नागरिकले पाइप प्रणालीको पानी पिउन पाएको बताए । बर्दियाका ६१ हजार ६ सय ६ जना अर्थात् १३.४० प्रतिशतले पानी पिउन पाएका छन् ।

बाँकेमा सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा खानेपानी आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । त्यहाँ २२ वटा आयोजना सञ्चालनमा छन् भने १३ वटा योजना निर्माण पूरा भई पानी वितरण सुरु भएको छ । डिभिजन प्रमुख न्यौपानेका अनुसार खजुरा गाउँपालिकामा सञ्चालनमा रहेका पाँचवटा खानेपानी आयोजनाले पानी वितरण सुरु गरेका छन् । त्यहाँ १० वटा आयोजना सञ्चालनमा छन् । 

कोहलपुर नगरपालिकामा चार आयोजनाले पानी वितरण गरिरहेका छन् भने पाँच आयोजना सञ्चालनमा छन् । बैजनाथ गाउँपालिकामा सञ्चालनमा रहेका ६ वटा आयोजना सञ्चालनमा छन् भने चार आयोजना पूरा भई पानी वितरण गरिरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीका चार आयोजना सञ्चालनमा छन् । दुईवटा आयोजना पूरा भई पानी सञ्चालनमा आएको न्यौपानेले जानकारी दिए । 

जानकीमा ६, नरैनापुरमा नौ र डुडुवामा पाँचवटा खानेपानी आयोजना सञ्चालनमा छन् । ‘जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा खानेपानीका आयोजना सञ्चालनमा छन् । केही निर्माण पूरा भएका छन् । केही निर्माण भइरहेका छन्, तर अहिलेसम्म पानी आएको छैन,’ उनले भने । 

बर्दियामा सवैभन्दा धेरै आठवटा खानेपानी आयोजना मधुवन नगरपालिकामा सम्पन्न भएका छन् । ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकामा चार–चार तथा गुलरिया नगरपालिकामा तीन, राजापुर नगरपालिका क्षेत्रमा दुई र गेरुवा गाउँपालिकामा एउटा आयोजना सम्पन्न भई पानी सञ्चालनमा आएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म खानेपानी आयोजना सम्पन्न नभएको न्यौपानेले बताए । 

गत आवसम्म बाँकेमा ६८ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । बहुवर्षे आयोजनाअन्तर्गत सञ्चालनमा रहेका यी आयोजनामध्ये चालू आवमा करिब ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ‘अधिकांश आयोजना सम्पन्न हुने क्रममा छन्,’ उनले भने ।