१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गर्नुहोस् घरमै मेकअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१४:oo

पार्टी, सभा–समारोह र औपचारिक कार्यक्रममा जाँदा मानिस फर्मल देखिन रुचाउँछन् । महिला होस् वा पुरुष, हल्का मेकअप गरेर जाँदा व्यक्तित्व पनि राम्रो देखिन्छ । मेकअपका लागि ब्युटिपार्लर नै जानुपर्छ भन्ने पनि छैन । घरमै मेकअप गरेर पनि जान सकिन्छ । 

सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि, सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको केही बेरमा मोस्चराइजर क्रिम लगाउनुपर्छ ।

त्यसपछि सन्सक्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ ।

मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा चमक आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले लगाएको कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

कस्तो सन्सक्रिम लगाउने ? 
आफ्नो स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ । कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यका क्रिमले सुट गर्ने हुन्छ । फाउन्डेसन किन्दा पनि आफ्नो स्किनअनुसार सुरुमा सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र छनोट गर्नुपर्छ । 

ad
ad