१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगलमा बाँदर भुलाउन फलफूल खेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ। बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका– ५ स्थित चक्रवर्ती सामुदायिक वनले जंगलमा फलफूलका बिरुवा रोप्न थालेको हो।

जंगलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जंगलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए। 

१० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको र  यसलाई विस्तार गर्दै लैजाने गुरुङले बताए। 

देवघाट क्षेत्रमा कमलादेवी सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवी सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन्। 

यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ। यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ। 

एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ। बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन्। 

बढी मात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेका छन्। यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन्। यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो। त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन।

बाँदरको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनको सुझाव छ।