१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १२ आइतबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासचिव गुटेरेस र सभामुख घिमिरेबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १६:३६:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा महासचिव र सभामुखबीच छलफल भएको हो।

भेटमा सभामुख घिमिरेले संसदमा सम्बोधनका लागि समय प्रदान गरेकोमा महासचिव गुटेरेसलाई धन्यवाद दिए। नेपालको संसद्को नियमावलीमा नै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले गुटेरेसको सम्बोधनलाई नेपाली जनताले चासोका साथ हेरेका बताए।

नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको स्मरण गर्दै सभामुखले संक्रमणकालीन न्याय प्रक्रियालाई सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्व रहेको प्रस्ट पारे।

सो क्रममा महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।