१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १२ आइतबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुटेरेसको भ्रमणपछि अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १६:o५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

महासचिव गुटेरेससँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए।

‘निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ। मुख्य रूपमा जलवायु परिवर्तनको विषयमा गम्भीर रूपमा चर्चा भयो,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्‍यौँ।’

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसंघलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताए।

त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुंगिने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गरे। ‘अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ,’ उनले भने।

नेपालको आर्थिक विकास र समृद्धिबारे पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताए। नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसंघ महासचिव गुटेरेससँग आग्रह गरे। रासस