१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १२ आइतबार १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्कीमा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १५:४३:oo

पोखराको छोरेपाटनबाट स्तुपा हुँदै पुम्दीकोट जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन्। 

पुम्दीकोटतर्फ जाँदै गरेको ग.१ख ८५८५ नम्बरको माइक्रोबस उक्त सडकखण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।  

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए। घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ। रासस