१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल फाेटाे ।
२o८१ बैशाख २३ आइतबार २o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोशी प्रकरणले केन्द्रीय सरकारमा कुनै असर गर्दैन : कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:o५:oo

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । केन्द्रको वर्तमान सत्तागठबन्धन निरन्तर रहने बताएका उनले गठबन्धन सरकार पूर्ण कार्यकालसम्म चल्ने जिकिर गरे । 

विराटनगरको शाेभित भवनमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले विकासमा कोशी प्रदेश पछाडि पर्नुको कारण राजनीतिक अस्थिरता भएको बताए । उनले राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । 

उनले कांग्रेस पार्टीभित्र एकता अनिवार्य रहेको भन्दै अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई कांग्रेसले संरक्षणसहित अवसर पनि दिने बताए । 

फरक प्रसंगमा उनले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने धारणा राखे । देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै कोइरालाले नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको दाबी गरे । (रासस)

ad
ad