Skip This
समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष यादवको निधन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २७ बिहीबार o९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष यादवको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:३६:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ । करिब डेढ महिनादेखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राति पौने १२ बजे निधन भएको युवा नेता दीपक यादवले जानकारी दिए । ३८ वर्षीय यादव मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पतालमा रिफर भएका थिए । यादवको वीर अस्पतालमा निधन भएको हो ।

अल्पायुमै भएको यादवको निधनले पार्टी र जसपा पार्टीलाई अपूरणीय क्षति भएको जसपाका नेता एवं परवानीपुर गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए । उनका अनुसार यादव आन्दोलनको जायज मागको अगुवाई, पार्टीप्रति लगनशील, इमानदार र सहयोगी भावनाका व्यक्ति थिए ।

उनको बुधबार दिउँसो १ बजे हिन्दू पराम्पराअनुसार अन्त्येष्टि हुने साहले बताए । मधेश आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आबद्ध भएका थिए । बाराको परवानीपुर गाउँपालिका– ३ लिपनीमालनिवासी उनले केही समय लोसपाका नेता एवं पूर्वमन्त्री जितेन्द्र सोनारको सचिवालयमा काम गरेका थिए ।

ad
ad