
लमजुङको सुन्दरबजार नगरपालिका–२ सुन्तलेटारमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्तरेटारका ३६ वर्षीय मंगप्रसाद सेढाईं रहेको लमजुङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले मंगलबार बिहान पौने आठ बजेतिर दुर्घटनाको जानकारी आएको बताए । उनका अनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
तनहुँको भानु नगरपालिका– ११, टुहुरेपसलबाट घरतर्फ आउँदै गर्दा मंगलबार बिहान ग. १ज ७२७२ नम्बरको जिप दुर्घटना भएको हो ।