१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ४ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ४ शनिबार १o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रसचिव पौड्याल क्यानडाका लागि राजदूत सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ४ शनिबार १o:o३:oo

क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी राजदूत सिफारिस

परराष्ट्रसचिव भरतराज पौड्याललाई सरकारले क्यानडाकाा लागि नेपालको नयाँ राजदूतमा सिफारिस गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी उनलाई राजदूत सिफारिस गरेको हो ।  पौड्याल २० मंसिमा सेवानिवृत्त हुँदै छन् ।

यसअघि ७ जना राजदूत सिफारिस गर्दा क्यानडा खाली राखिएको थियो । परराष्ट्रका सहसचिव भृगु ढुंगाना राजदूतको कार्यकाल सकिएर फर्केपछि क्यानडाको नेपाली मिसन नेतृत्वविहीन छ । 

दसैँपछि पौड्यालको संसदीय सुनुवाइ हुनेछ । यसैगरी मंसिर २० पछि परराष्ट्रसचिवमा सहसचिव सेवा लम्साललाई नियुक्त गर्ने सरकारको तयारी छ । लम्साल परराष्ट्रकी वरिष्ठ सहसचिव हुन् ।