१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मल्टिमिडिया डिजिटल संस्करण

गाजामा भएको आक्रमणको विरोधमा काठमाडौंस्थित इजरायली दूतावासमा प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

हमास समूहले गरेको आक्रमणको प्रत्युत्तरका नाममा गाजा सहरस्थित अल अहली अरब अस्पतालमा इजरायलले गरेको आक्रमणको विरोधमा नेपालमा प्रदर्शन भएको छ।

प्रतिरक्षाका नाममा निरीह प्यालेस्टाइनीको नरसंहार गरेको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंस्थित इजरायली दूतावास पुगेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरुले ‘बालबालिकामाथि बमबारी गर्नु प्रतिरक्षा होइन’, ‘प्यालेस्टाइन एक्लै छैन’, ‘फ्रि प्यालेस्टाइन’जस्ता नारा लेखिएका पर्चा प्रदर्शन गरेका थिए। प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीलगायतको समेत सहभागिता थियो।

बृहत नागरिक आन्दोलनले प्यालेस्टिनी अतिवादी समूह हमासले गरेको हमलाको भर्त्सना गर्दै प्रतिरक्षाका नाममा बिरामी, स्वास्थ्यकर्मी र सुरक्षित आश्रय खोजिरहेका सर्वसाधारणमाथि इजरायलले गरेको प्रत्याक्रमणको विरोध गरेको छ।

तस्बिरहरू :