१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ३ शुक्रबार o८:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ३ शुक्रबार o८:o२:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७९/८० को सञ्चित मुनाफाबाट १५ प्रतिशत नगद लाभांश दिने भएको छ । सञ्चालक समितिकोे १८८औँ बैठकबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत अर्थात् २६ करोड नौ लाख १६ हजारबराबरको नगद लाभांश वितरण गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई आगामी छैटौँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् लागू हुने गरी वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । एनआइसी एसिया लघुवित्त स्थापना भएको ६ वर्ष पूरा गरेसँगै मुलुकभर ७४ जिल्लामा दुई सय ८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।