१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानमा तत्काल सेवा सञ्चालन गर्न दलहरूको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४२:oo

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजीनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकास निकालेर स्वास्थ्य सेवा सञ्चालन गर्न राजनीतिक दलहरूले आग्रह गरेका छन्।

धरानका प्रमुख पाँच राजनीतिक दलका नेतृत्वहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनले उचित समाधानको निकास नदिई स्वास्थ्य सेवा नै ठप्प पारिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

उपयुक्त समाधानमार्फत स्वास्थ्य सेवा तत्काल सञ्चालन नगरे राजनीतिक दलहरूले जस्तोसुकै मूल्य चुकाउनसमेत तयार रहेर प्रतिष्ठानको सेवा सञ्चालन गराइने घोषणासमेत दलहरूले गरेका छन्। राजनीतिक दलहरूले उक्त विज्ञप्तिको बोधार्थ कुलपति एवं प्रधानमन्त्री र सहकुलपति एवं स्वास्थ्यमन्त्रीलाई पनि दिएका छन्।

विज्ञप्तिमा कांग्रेसका सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जसपाका अध्यक्ष ताजुब लिम्बू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईले हस्तक्षर गरेका छन्।

 

 

ad
ad