१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २ बिहीबार ११:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार ११:o५:oo

एभरेष्ट बैंक लिमिटेडले विभिन्न कार्यक्रम गरेर आफ्नो  वार्षिकोत्सव मनाएको छ । बैंकले ३५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेर २९औँ वार्षिकोत्सव मनाएको हो । 

सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेको जनाइएको छ । त्यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको कोपिला भ्याली सेवा समाजलाई पाँच लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ । 

सहयोग रकमको चेक बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाजका लागि ब्लिंकनाव फाउन्डेसनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई हस्तान्तरण गरेको उल्लेख छ । कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा ब्लिंकनाव फाउन्डेसनका साझेदारी प्रबन्धक अस्रिना रञ्जितको उपस्थिति रहेको जनाइएको छ । 

बैंकले देशभरमा एक सय २७ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६२ एटिएम तथा ३२ राजस्व संकलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।