१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Sunday, 11 May, 2025
मंगलबार सुरु भएको काठमाडौं महानगरपालिकाको २३औँ कार्यपालिका बैठक
शान्ति तामाङ काठमाडाैं
२o८o कार्तिक १ बुधबार १o:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आफूखुसी फुली लगाउने ४२ नगर प्रहरीको पक्षमा जनप्रतिनिधि, विपक्षमा कर्मचारी

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार १o:१o:oo

सुशासन समितिका संयोजकले भने– नगर प्रहरीको निलम्बन फुकुवा छिटो गर्नू 

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले आफूखुसी फुली लगाउने नगर प्रहरीको निलम्बन फुकुवा छिटो गर्नुपर्ने बताएका छन् । मंगलबार भएको कार्यपालिका बैठकमा वडा २६ का वडाअध्यक्ष तथा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले चाडबाड नजिकिएकाले एकपटकलाई सचेत गराएर उनीहरूको निलम्बन फुकुवा गरिदिनुपर्ने बताएका हुन । ‘दसैँको मुखमा निलम्बनमा बसेका नगर प्रहरी हवल्दारहरूले कसरी दसैँ मनाउने ? आगामी दिनमा यस्ता क्रियाकलाप रोक्न सचेत गराउँदै निलम्बन फुकुवा गर्नुपर्छ,’ तिवारीले भने ।

महानगरले आफूखुसी असइको फुली लगाउने ४२ नगर प्रहरीलाई ३० दिनका लागि गत २७ भदौमा निलम्बन गरेको थियो । उनीहरू २५ असारमा बढुवा भएका थिए । बढुवा गरे पनि दज्र्यानी चिह्न प्रदान नगरेकाले उनीहरू आफैँले फुली किनेर लगाएका थिए । 

छुट दिए चेन अफ कमान्डले कसरी काम गर्छ ?
जनप्रतिनिधि नगर प्रहरीको पक्षमा देखिए पनि कर्मचारी भने उनीहरूको विपक्षमा छन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुशासनहीन काम गर्दै गरेकालाई छुट दिँदै जाने हो भने चेन अफ कमान्डले काम गर्न नसक्ने बताए । ‘नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा पदोन्नति गर्ने कानुनअनुसार र सम्मानित अदालतको आदेशअनुसार  बढुवा गरेँ । तर, पद नाम दिने कुरा छैन । पद नाम र तह वृद्धि फरक विषय हो । फुली लगाउने फरक विषय हो । फुली कसैले लगाइदिएन भनेर बाटोमा, पार्टी प्यालेसमा, चौरमा आफूखुसी फुली किनेर लगाउनु दण्डनीय हो । त्योअनुसार महानगरले कानुनअनुसार कारबाही गरेको हो,’ अधिकारीले भने, ‘अनुशासनमा बस्नुपर्ने नगर प्रहरीलाई हिजोका दिन तास खेल्दै गरेकालाई पनि छुट दियौँ । अनुशासनहीन काम गर्दै गरेकालाई पनि छुट दिँदै जाने हो भने महानगरको नेतृत्व गरेको मान्छेले चेन अफ कमान्डमा कसरी काम गर्न सक्छ ?’ 

उनले ४२ नगर प्रहरीमध्ये सातजनाको भने भोलि निलम्बन फुकुवा हुने बताए । ‘मैले ४० जनालाई नै बारम्बार अनुरोध गरेँ, बाटोमा, पार्टी प्यालेसमा, चौरमा आफूखुसी फुली लाएर गल्ती गर्‍यौँ भनेर लिखित रूपमा माफी माग्न । लिखित रूपमा माफी मागेमा सबैको निलम्बन फुकुवा गर्छौँ भन्दा पनि सातजनाले मात्र लिखित पत्र दिनुभयो । अरूले संगठित भएर गैरकानुनी ढंगले प्रेसर सिर्जना गरिरहनुभएको छ । सातजनालाई आज वा भोलि निलम्बन फुकुवा गर्छु । बाँकीलाई प्रक्रियाअनुसार गर्न सहयोगको अपेक्षा गर्छु,’ उनले भने । 

वसन्त अधिकारी प्रमुख प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका
नगर प्रहरी हवल्दारहरूलाई तेस्रो तहबाट चौथो तहमा पदोन्नति गर्ने कानुन र सम्मानित अदालतको आदेशअनुसार बढुवा गरेँ । तर, पद, नाम दिने कुरा छैन । पद, नाम र तह वृद्धि फरक विषय हो । फुली लगाउने फरक विषय हो । फुली कसैले लगाइदिएन भनेर बाटोमा, पार्टी प्यालेसमा, चौरमा आफूखुसी फुली किनेर लगाउनु दण्डनीय हो । त्योअनुसार महानगरले कानुनअनुसार कारबाही गरेको हो ।

नगर प्रहरी प्रमुख पाण्डेको बढुवा
कार्यपालिका बैठकले राजुनाथ पाण्डेलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । सुशासन समितिको ३१ साउनको निर्णयअनुसार महानगर प्रहरी ऐनअनुसार अंकतालिकाका आधारमा महानगर प्रहरी बलमा कार्यरत प्रहरी उपरीक्षकको योग्यताक्रमका आधारमा तीन जनाको नाम सिफारिस भएको थियो । योग्यताक्रमअनुसार पाण्डे, विष्णुप्रसाद जोशी र दिनेशकुमार अर्याल थिए । जसमध्येबाट योग्यताक्रममा एक नम्बरमा रहेका पाण्डेलाई नगर प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरिएको हो ।

पाण्डेविरुद्ध एक महिला नगर प्रहरी हवल्दारले दुव्र्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र उपमेयर सुनीता डंगोललाई निवेदन दिएकी थिइन् । उक्त उजुरीका आधारमा पुसमा छानबिन समिति गठनसमेत गठन भएको थियो । तर, उनलाई उल्टै ९ मंसिरमा मेयर बालेन्द्र साहले उत्कृष्ट काम गरेको भन्दै ‘महानगर गौरव’ पदकबाट पुरस्कृत गरे ।