१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कर्जन्हाका १० दलित परिवारलाई पक्की घर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o६:oo

सिराहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ।

भुल्के गाउँमा सोमबार एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका हुन्। घर हस्तान्तरण गर्दै नगरप्रमुख पोखरेलले निर्वाचनमा आफूले गरेको प्रतिबद्धताबमोजिम घर हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताए।

धनगढीमाई नगरपालिका– २ भवानीपुरस्थित भवानी एकीकृत विकास केन्द्रको सहजीकरणमा कर्जन्हा नगरपालिका क्षेत्रमा निर्माण गरिएका ५५ घरमध्ये पहिलो चरणमा कर्जन्हा– ४ का १० दलित परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष प्रताप विश्वकर्माले जानकारी दिए।

हरेक वर्षा र हिउँद कष्टकर रूपले बिताउँदै आएका मुसहर समुदायका दलितहरू दसैँको संघारमा पक्की घर पाएपछि खुसी भएका छन्।

भुल्के गाउँका दिवंगत रामपृत नायक र कारिचरन नायकको परिवारले प्रतिपरिवार ६ धुरका दरले निःशुल्क जग्गा उपलब्ध गराएपछि १० मुसहर परिवारका लागि घर निर्माण सम्भव भएको उपप्रमुख श्रेष्ठले बताइन्। उनका अनुसार केन्द्रको सहजीकरणमा कर्जन्हा– ३ मा पाँचवटा तथा ५, ८, ९ र १० नं. वडामा १०-१० वटाको दरले घर निर्माण भइरहेका छन्। आगामी १५ पुससम्म निर्माण सम्पन्न गरी सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिने उनको प्रतिबद्धता छ।

कर्जन्हा नगरपालिकाको आ.व. ०७९-८० मा फुसको छाना विस्थापित कार्यक्रमअन्तर्गत नगरपालिकाको एक करोड ७२ लाख ७३ हजार नौ सय २५ रुपैयाँ, हिल्टी फाउन्डेसनको सहयोगमा ह्याबिट्याट फर ह्युमानिटी नेपालको सुरक्षित आवास कार्यक्रमअन्तर्गत ५० लाख र लाभग्राही घरधनीहरूको ३९ लाख ३० हजार छ सय ९३ रुपैयाँबराबरको श्रमदान गरी दुई करोड ६२ लाख चार हजार छ सय १८ रुपैयाँको लागतमा निर्माण भइरहेकामध्ये १० घर हस्तान्तरण गरिएको हो।
 

ad
ad