१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o८o असोज २९ सोमबार १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामूहिक बलात्कार आरोपमा चालकसहित तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १५:३६:oo

बेसहारा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरमा चालकसहित तीनजना पक्राउ परेका छन्।आइतबार राति विराटनगरमा एक युवतीलाई सामूहिक बालत्कार आरोपमा एक चालक र दुई सहचालक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा चालक धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सहचालक २० वर्षीय विनोद चौहान र अर्का सहचालक सिन्धुलीका १६ वर्षीय किशोर छन्।

चालक तामाङले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रक चलाउँदै आएका थिए।  चौहान तामाङकै ट्रकका सहचालक हुन्।  १६ वर्षीय किशाेर भने अर्को ट्रकका सहचालक हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डिएपी रञ्जनकुमार दाहालका अनुसार चालक तामाङ र उनका सहचालकले आइतबार साँझ खाना खाएर सिटी रिक्सामा फर्कने क्रममा अलपत्र परेकी युवतीलाई बसोवासका लागि सहयोग गर्ने भन्दै फकाएर ल्याएका थिए। 

तर, उनीहरूले युवतीलाई सहाराको बहानामा  राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। युवती चिच्याएपछि स्थानीय र पैदलयात्रीले  थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका तीनैजनाविरुद्ध जबर्जस्ती करणी कसुरमा अनुसन्धान गरेर अभियोग दर्ता गराउन सोमबार अदालतबाट म्याद थप गराएको मोरङ प्रहरीले जनाएको छ।