१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २६ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरआवासीय नेपाली संघको उपाध्यक्षमा सिम्खडाको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार १२:o८:oo

गैरआवासी नेपाल संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी दिएका छन्। अक्टोबर १७ देखि २० तारिखमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचनमा उपाध्यक्षका लागि सिम्खडाले उम्मेदवारी दिएका हुन्।

एनआरएनले थुप्रै क्षमताको पहिचान गरेको बताउँदै थुप्रैलाई अवसर दिएको, कोभिड महामारीमा संसार आक्रान्त हुँदा बिदेसिएका नेपाली विशेषतः खाडी मुलुकमा रहेका साथीलाई स्वदेश फर्कन राहत प्रदान गरेको उनले बताए,  

‘विकृति र विसंगति छँदै छैन भनेको होइन,’ उम्मेदवारी दर्तापछि उनले भने, ‘गर्नुपर्ने र सुधार्नुपर्ने अझै धेरै कुरा छन्। युवा, महिला र दोस्रो पुस्ताको मनग्य सहभागिता जुटाउन धेरै गर्नु छ। यसकारण उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहरभन्दा पनि जिम्मेवारी बहन गर्न हो।’

दुई दशकभन्दा लामो समयदेखि बेलायत बस्दै आएका सिम्खडा त्यहाँका नेपाली डायस्पोरामाझ परिचित नाम हो।  उनले सन् २०११ मा एनआरएन बेलायतको राष्ट्रिय संयोजक (हालका महासचिव) पदमा आफ्नो सफल कार्यभार सम्हालेका थिए। 

यस्तै कार्यकारी रूपमा २०१७–२०१९ मा गैरआवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसिसी सदस्य भएका सिम्खडा त्यस कार्यकालमा परोपकार तथा मानवीय सहयोग विभागको सदस्य सचिव भई काम गरिसकेका छन्। 

त्यस्तै, २०१९–२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजकको भूमिका पनि निर्वाह गरेका छन्। यस्तै, २०२१–२३ को कार्यकालमा उनले उपमहासचिवको जिम्मेवारी सम्हाले।