१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

डेंगु नियन्त्रण र विशेष सरसफाइमा महानगरले खटायो सयजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१७:oo

काठमाडौं महानगरपालिकालले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सयजनालाई डेंगु नियन्त्रणका लागि खटाएको छ । लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइका लागि उनीहरूलाई खटाइएको हो ।

उक्त टोलीले बिहीबार नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गरेको छ । यसबाहेक वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले परिचालन गरेका मातहतका कर्मचारीले नियमित काम गरिरहनेछन् । जनशक्तिलाई चार समूहमा बाँडेर चार क्षेत्रमा परिचालन गरिनेछ ।

बिहीबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा एक सयजनालाई नै कामका बारेमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले जानकारी गराएका थिए । उनले परिचालित जनशक्तिबाट सफा सडकको अपेक्षा गरिएको बताए । त्यसक्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले शुक्रबारदेखि टेकुमा भेला गरेर फरक–फरक दिनमा फरक–फरक ठाउँको सरसफाइमा खटाइने जानकारी दिए । सफाइका क्रममा पानी जमेका खाल्डा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका ठाउँमा लार्भिसाइट छर्नेलगायत काम गर्नुपर्नेछ । 

वातावरण व्यवस्थापन विभागका अनुसार पर्वलक्षित सफाइ सडककेन्द्रित हुनेछ । झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन् । यसक्रममा ब्रुमर, जेट मेसिनसहितका उपकरण परिचालन हुनेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मि राईका अनुसार जनशक्तिले हाजिर भएर एक दिनमा आठ घन्टा काम गर्नुपर्नेछ । यसबापत उनीहरूले दैनिक ६ सय ६८ पारिश्रमिक पाउँछन् । उनीहरूका लागि एक सय दिनको काम सुनिश्चित गरिएको छ ।

ad
ad