१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुटपाट गर्न आएकालाई प्रहरीद्वारा गोली हानी नियन्त्रण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:१३:oo

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिकामा लुटपाट गर्न आएको समूहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बिहीबार तीनवटा मोटरसाइकलमा आएकामध्ये तीनजनालाई गोकर्णेश्‍वर– ३ जगडोलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीनवटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त समूहले प्रहरी टोलीलाई आक्रमण गर्न लाग्दा जवाफी कारबाही गरिएको थियो।

जवाफी कारबाहीमा सिन्धुलीको कमलामाई नगरपालिका– २ का ३६ वर्षीय अमर घलानको दाहिने घुँडामुनि एक र तिघ्रामा एक गोली लागेको प्रहरीको भनाइ छ। उनको नेसनल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा उपचार गराइएको बताइएको छ।

घटनामा संलग्न सर्लाहीका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोकका करिब ३० वर्षीय जितेन लामालाई पनि प्रहरीले दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

उनीहरूबाट सात राउन्ड गोलीसहित एक नाल पेस्तोल बरामद भएको र घटनास्थलबाट फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ad
ad