१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १o:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

द्रुत बस सेवा सञ्चालनको  एक महिना नबित्दै समस्याको चाङ 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:o२:oo

सञ्चालनको एक महिना नहुँदै द्रुत बस सेवाअघि समस्याको चाङ थुप्रिएको छ । एक्सपे्रस लेनका रूपमा रातो रङ लगाएर बस सेवाका लागि छुट्याएको लेन खाली हुनेबित्तिकै अरू सवारीसाधन सञ्चालन, उक्त लेनमा अन्य सवारीसाधन लामो समयसम्म रोकिने गर्दा द्रुत बस सेवाले अवरोध झेल्न थालेको चालकहरूले बताएका छन् । 

द्रुत बस सेवासमेत अन्यजस्तै हुने अवस्था आए पछि समस्या समाधानका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीको समन्वयमा नागरिकसँग जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको छ । ‘सडकमा रातो रङ लगाएर डेडिकेटेड लेन छुट्याइएको छ । अन्य सवारीचालकले बुझ्लान् भन्ने लागेको थियो । तर, सोचेजस्तो भएन । सुरुमै कारबाही प्रक्रियामा जाने कुरा भएन । यसकारण पहिला सचेतना कार्यक्रम चलाउँदै छौँ,’ यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले भने । जनचेतनाका लागि पर्चा, पम्प्लेट बनाएर ट्राफिक प्रहरीले वितरण गर्नेछ । 

ईश्वरीदत्त पनेरू, सूचना अधिकारी यातायात व्यवस्था विभाग

सडकमा रातो रङ लगाएर डेडिकेटेड लेन छुट्याइएको छ । अन्य सवारीचालकले बुझ्लान् भन्ने लागेको थियो । तर, सोचेजस्तो भएन । सुरुमै कारबाही प्रक्रियामा जाने कुरा भएन । 

मुख्य सहरका साँघुरा सडकले थप समस्या 
जडीबुटीदेखि रत्नपार्कसम्मको साँघुरो सडकमा बस सञ्चालनमा समस्या भएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्ट बताउँछन् । ‘कोटेश्वरदेखि जडीबुटीसम्म सधैँको समस्या हो । त्यो अहिले पनि कायमै छ । जडीबुटीदेखि सूर्यविनायकतर्फको लेन ठूलो भएकाले खास समस्या छैन । जडीबुटीबाट यता भने बस सेवा सञ्चालनमा धेरै समस्या छ,’ भट्टले भने । भट्टसँग सहमत हुँदै पनेरूले भने, ‘सडक संरचनाको अवस्थाभन्दा बाहिर गएर बस सञ्चालन गर्न सक्ने अवस्था छैन । त्यही संरचनाभित्र रहेर काम गर्नुपर्छ । जडीबुटीदेखि रत्नपार्कसम्मको सडक साँघुरो भएकाले समायोजन हुन गाह्रो भएको छ ।’

३ असोजबाट सञ्चालनमा आएको द्रुत बस सेवा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल ट्राफिक प्रहरी, नेपाल यातायात व्यवसायी महासंघलगायतको समन्वयमा सुरु भएको हो । काठमाडौं उपत्यकाभित्रका यात्रुलाई ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी–दुत बस) अवधारणा लागू गर्न नसके पनि समयमा कार्यस्थलमा पुग्न सूर्यविनायकदेखि रत्नपार्कसम्म परीक्षणका लागि बस सेवा सुरु गरिएको हो । 

डेडिकेटेड लाइनमै अस्थायी ब्यारिकेटर राख्ने तयारी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायलाई बोलाएर बसबारे प्रगति समीक्षा पनि गरेका छन् । उनले डेडिकेटेड लाइन खुला छाड्दा समस्या देखिएकाले अस्थायी ब्यारिकेटर राख्न निर्देशनसमेत दिएका छन् । सोहीअनुसार सडक विभागले ट्राफिक प्रहरीलाई ब्यारिकेटर राख्न पोल र डोरी दिने भएको छ । अस्थायी ब्यारिकेटर राखेपछिका समस्या समाधानका लागि समेत छलफल भइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी पनेरूले बताए । 

ad
ad