१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिबन्धित औषधिसहित दुईजना प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o९:oo

लागुऔषधको रूपमा प्रयोग गर्न मिल्ने प्रतिबन्धित औषधिहरूसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ४ मा रहेको प्रहरी चेक प्वाइन्टमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.६३प ९१९६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्रतिबन्धित औषधिहरू बरामद भएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी निरीक्षक सुनील कार्की कमान्डको लागुऔषध नियन्त्रण ब्युरोले चेकजाँच गर्दा प्रतिबन्धित औषधिहरू बरामद भएको हो। प्रहरीले मोटरसाइकलमा सवार चालक लहान नगरपालिका– २१ माधोपुरका २१ वर्षीय अर्जुनकुमार राम र सोही मोटरसाइकलकाे पछाडि सवार लहान नगरपालिका– २० हरिनगरका ३५ वर्षीय रामानन्द दासलाई नियन्त्रणमा लिएको छ।

उनीहरूले कपडाको ब्यागभित्र तीनवटा प्लास्टिकको पोकामा प्रोमेटसाजिन हाइड्रोक्लोराइड दुई एमएलका चार सय ८७ एम्पुल, डाइजेपाम इन्जेक्सन चार सय ९८ एम्पुल, बुर्फेनोर्फिन इन्जेक्सन चार सय ९० एम्पुल लुकाएर ल्याएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

उनीहरूसँग रहेको तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको डिएसपी पाण्डेले बताए।

ad
ad