१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:o१:oo
Read Time : > 7 मिनेट
ad
ad
प्रवास प्रिन्ट संस्करण

के भन्छन् एनआरएनए अध्यक्षका उम्मेदवार ?

Read Time : > 7 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o१:oo

दोस्रो कार्यकालमा अहिलेसम्मको अनुभव प्रयोग गर्छु
 डा. बद्री केसी

गैरआवासीय नेपाली संघमा दोस्रो कार्यकालका लागि  किन उम्मेदवारी दिनुभएको हो ?
संघको १०औँ महाधिवेशन ठूलो सकसबाट गुज्रियो । एनआरएनएको २० वर्षको इतिहासमा हामीले गत वर्ष धेरै समस्याको सामना गर्नुपर्‍यो । जसका कारण गएको कार्यकाल नयाँ कामभन्दा पनि संस्थाभित्र देखिएका समस्या समाधान गर्नमा नै बित्यो । सुरुवात कठिन भए पनि गएको कार्यकालको अन्त्य भने सुखद भयो । सबै एनसिसीको निर्वाचन गर्न सफल भयौँ । संस्थामा सदस्यको संख्या बढायौँ । संस्थालाई टुक्रिनबाट जोगायौँ । 

यसैबीच, नयाँ काम भने हुन सकेन । तर, संस्थाभित्र काम गर्ने मेरा योजना ओझेलमा परे । त्यसैले संघभित्र पूर्ण रूपमा प्रतिबद्ध भई काम गर्न आगामी कार्यकालका लागि मेरो उम्मेदवारी हो । संघको स्थापनादेखि नै म यसमा सक्रिय रूपमा लागेको छु । विभिन्न पदमा रहेर काम गर्दै अहिले अध्यक्ष पदमा पुगेको छु । त्यसैले मसँग अनुभव छ । संघलाई समृद्ध बनाउन मैले दोस्रोपटक उम्मेदवारी दिनुपरेको हो । 

दोस्रोपटक अध्यक्षमा निर्वाचित हुनुभयो भने आगामी दुई वर्षमा गर्ने योजना के–के छन् ?
संघभित्र रहेर गर्नुपर्ने काम धेरै छन् । त्यसमध्ये मुख्य तीनवटा कामलाई मैले नौवटा बुँदामा समेटेर प्रचार–प्रसार थालेको छु । मेरो पहिलो प्राथमिकता भनेको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी हो । यसका लागि क्रमबद्ध रूपमा काम गर्नेछु । नेपालमा लगानी तथा एनआरएनए नेपाल डेभलपमेन्ट फन्डको विस्तार गर्ने मेरो लक्ष्य छ । यसका लागि श्रमिकलाई पनि फन्डमा सहभागी गराउने योजना बनाएको छु । संस्थागत पुनर्संरचना एवं सुदृढीकरण, गैरआवासीय नेपालीका हकहित, अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएनए, एनआरएनए फाउन्डेसनको निर्माण, नेपाल एवं नेपाली पर्यटन प्रवद्र्धन गर्ने, संघमा युवा, महिला तथा दोस्रो पुस्तालाई जोड्ने र संघलाई अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग 
सहकार्य गर्ने मेरो योजना छ । यी लक्ष्य प्राप्त गर्न मैले कार्ययोजना पनि निर्माण गरिसकेको छु । मलाई आशा छ, मेरो कार्यकालमा संस्थाले ठूलो उपलब्धि हासिल गर्नेछ । 

निर्वाचनपछि तपाईं आफ्नो लक्ष्य हासिल गर्न र थप एकताबद्ध, प्रभावकारी संगठन निर्माण गर्न अन्य नेतृत्व तथा सदस्यहरूसँग कसरी सहकार्य गर्नुहुन्छ ?
संस्था भनेको सहकार्य हो । संस्था निर्माणमा हरेक सदस्यको उत्तिकै भूमिका हुन्छ । यसका लागि प्रत्येक सदस्यलाई संस्थाप्रति अपनत्व महसुस हुनुपर्छ । यसमा नेतृत्वको अहं भूमिका हुन्छ । त्यसैले आगामी कार्यकालमा म सबै साथीहरूसँग एकसाथ अगाडि बढ्न चाहन्छु । यसका लागि समूहमा रहेर काम गर्ने, एक–अर्काको विचारको कदर गर्ने, अग्रज र सहकर्मीको सल्लाह सुझाव लिनेछु । 

एक उम्मेदवारको हैसियतमा नेपाली संस्कृति र सम्पदालाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न एनआरएनएको भूमिकाप्रति तपाईंको दृष्टिकोण के छ ?
वास्तवमा गैरआवासीय नेपाली संघको स्थापना नेपाली भाषा, संस्कृति जोगाउनका लागि भएको हो । भाषा, संस्कृति बनाउनका लागि हजारौँ वर्ष लागेको हुन्छ । तर, एउटा पुस्ताले भाषा सिकेन भने लोप हुन्छ । त्यसैले हामी हाम्रा पुस्तालाई भाषा हस्तान्तरण गर्न चाहन्छौँ । 

विश्वका धेरै मुलुकले आफ्नो भाषा जोगाउन भाषा र संस्कृति विस्तारका लागि प्रत्येक मुलुकमा एउटा कल्चर सेन्टर स्थापना गरेका हुन्छन् । हाम्रो नेपालमा पनि विभिन्न मुलुकमा कल्चर सेन्टर छन् । तर, नेपालको भने कुनै पनि मुलुकमा छैन । अब त्यो कल्चर सेन्टरको काम हामीले नै गर्छौं । हाम्रो संस्था जति पनि मुलुकमा छ, त्यहाँ हाम्रो भाषा र संस्कृतिको जगेर्नाका काम हुनेछन् । 

नेपाली डायस्पोराले सामना गर्नुपर्ने मुख्य समस्या वा चुनौती के छन् र निर्वाचित भएमा त्यसलाई कसरी सम्बोधन गर्ने योजना छ ?
अहिले जति पनि विदेशमा छाैँ, यो हाम्रो पहिलो पिँढी हो । यो पिँढीलाई विदेशमा आफूलाई स्थापित गर्न धेरै गाह्रो भयो । आर्थिक र सामाजिक रूपमा सुरक्षित बनाउनमा नै धेरै समय खर्च भयो । तर, हामी संगठित भएपछि भने विदेशी समुदायमा स्थापित हुन सहज भएको छ । त्यसैले अब विदेशमा बस्ने नेपालीमाथि हुने कुनै पनि खालको गलत क्रियाकलापका विरुद्ध बोल्न सक्ने भएका छौँ । विदेशमा राम्रो रोजगारी दिने भन्दै नेपालबाट मानव तस्कर गर्ने ठूलो जालो छ । अब हामी त्यसलाई जरैदेखि निर्मूल पार्नेछौँ । साथै, त्यहाँका नेपालीलाई सोही मुलुकमा पाउनुपर्ने अधिकारको विषयमा पनि अब हामीले बोल्नुपर्नेछ । 

मेरो लक्ष्य एनआरएनएलाई सम्मानित बनाउने हो
 महेश श्रेष्ठ

गैरआवासीय नेपाली संघमा तपाईंको उम्मेदवारी किन ?
म गैरआवसीय नेपाली संघमा स्थापनाकालदेखि नै क्रियाशील छु । स्थापनाकालमा संस्थाको जुन उद्देश्य, लक्ष्य र कार्ययोजना थियो, पछिल्लो समय त्यो लक्ष्य र उद्देश्यअनुसार काम हुन सकेको छैन । एक–आपसमा वैमनस्यता पलाएको छ । जसका कारण गैरआवसीय नेपालीको अधिकार र समुन्नत नेपाल निर्माणमा केही असहज अवस्था सिर्जना भएको छ ।

मुद्दाहरू कार्यान्वयनमा जटिलता पैदा भएको छ । यी सबैखाले समस्याको समाधान गर्न, एकताबद्ध, सुदृढ र दीर्घकालीन योजनाका काम गर्न उम्मेदवारी दिने घोषणा गरेको हुँ । हालसम्म संस्थामा रहेर काम गर्दा सधैँ सहानुभूति पाएको छु । एनसिसीमा रहँदा मात्र होइन, आइसिसीमा कोषाध्यक्ष र उपाध्यक्षसम्म हुँदा मैले उठाएका मुद्दाले सार्थकता पाएको छ । अब विश्वभरका गैरआवासीय नेपालीलाई एकताबद्ध बनाएर सुदृढ, संगठित र स्मार्ट एनआरएनए बनाएर लैजाने उद्देश्यका साथ चुनावी दौडाहामा छु । सफलता पाउँछु भन्नेमा विश्वस्त छु । 

अध्यक्ष हुनुभयो भने तपाईंले दुई वर्षमा गर्ने योजना के–के छन् ?
दुई वर्षभित्रमा गर्ने कामहरूको लामो सूची छ । जुन मैले मेरो प्रतिबद्धतापत्रमा पनि उल्लेख गरेको छु । मुख्यतः ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारा तय गरेको छु । नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैरआवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको १० अर्ब रूपैयाँको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको छु ।

त्यसबाहेक गैरआवासीय नेपालीको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानुन समयानुकूल परिमार्जित तथा संशोधन गर्दै लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउने मेरो प्रयास रहनेछ । २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित एक्सन प्लान बनाएर कार्यक्रमको सुरुवात गर्ने विचार छ । श्रम तथा सीप बैंक स्थापना गर्ने साथै एक एनसिसी, एक परियोजना’लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको छु । परराष्ट्र मन्त्रालयमा एनआरएनए विभाग स्थापनाका लागि पहल गर्ने साथै राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रूपमा मान्यता दिलाउने मेरो लक्ष्य छ । यो काम दुई वर्षभित्रमा पूरा गर्ने संकल्प गरेको छु । 

निर्वाचनपछि तपाईं आफनो लक्ष्य हासिल गर्न र थप एकताबद्ध, प्रभावकारी संगठन निर्माण गर्न अन्य नेतृत्व तथा सदस्यहरूसँग कसरी सहकार्य गर्ने योजना छ ?
म व्यावसायिक कामलाई केही समयलाई विश्राम दिएर संस्थाको काममा पूर्णकालीन सक्रिय हुने उद्देश्य लिएर एनआरएनएको नेतृत्वका लागि दौडिरहेको छु । हुन त संस्था स्थापनादेखि नै प्रवासी नेपालीहरूको मुद्दामा सक्रियतापूर्वक काम गरिरहेको सबैलाई जानकारी नै छ । 

म गफ गर्ने, भाषण गर्नेभन्दा पनि एक्सनमा काम गर्ने व्यक्ति हुँ । मेरो पृष्ठभूमिले त्यही प्रस्ट पार्छ । अब निर्वाचित भएर गइसकेपछि कार्यसमितिमा रहनुभएका हरेक साथीहरू मप्रति उत्साहित भएर काम गर्ने वातावरण अवश्य बनाउँछु । विभाजितजस्तो देखिएको वा अन्य अभियन्ताहरूका कारण संस्थाप्रति आक्रोश व्यक्त गरिरहनुभएका साथीहरूलाई मैले नेतृत्व सम्हालेपछि आक्रोशित हुने, वितृष्णा बढ्ने किसिमका कुनै पनि काम हुनेछैन । हामी सबै एकजुट भएर संस्थाको गरिमालाई बचाउन सक्छौँ र काम गर्न सक्छौँ । वैदेशिक रोजगारीमा देखिएका समस्याहरूका साथै श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पाइरहेको सास्ती र पीडामा सारथी बनेर उभिने प्रयास गर्नेछौँ । 

एक उम्मेदवारको हैसियतमा नेपाली संस्कृति र सम्पदालाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न एनआरएनएको भूमिकाप्रति तपाईंको दृष्टिकोण के छ ?
विशेषतः संस्थाको ओज र गरिमालाई अझै बढाउने गरी संघको भावी नीति, रणनीति, कार्ययोजना मस्यौदा गर्न तथा दशवर्षे विस्तृत ‘भिजनरी’ दस्तावेज तयार गर्न विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय समिति गठन गरेर काम गर्ने मेरो लक्ष्य छ । यसभित्र नेपाली संस्कृति र सम्पदालाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने प्रशस्त योजनाहरू समेटिनेछन् । ‘एक साथी नेपाल पठाऊँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔँ’ अभियान र नेपाल फेस्टिभलजस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्ने मेरो प्रतिबद्धता छ । 

नेपाली डायस्पोराले सामना गर्नुपर्ने मुख्य समस्या वा चुनौतीहरू के–के छन् र निर्वाचित भएमा त्यसलाई कसरी सम्बोधन गर्ने योजना छ ?
गर्नुपर्ने धेरै काम छन् । समस्या र चुनौतीहरू पनि उत्तिकै छन् । तर, स्पष्ट खाका र भिजन तयार गरेर काम गर्दा असम्भव केही छैनजस्तो लाग्छ । पिआर भई विदेशमा बसेका नेपालीहरूका सम्बन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधन गर्नैपर्ने छ । उक्त प्रावधानले धेरै नेपाली दाजुभाइ, दिदीबहिनीले दुःख पाइरहनुभएको छ । मुख्य कुरा त नागरिकता प्राप्त गर्ने अवसरलाई सहज र सरल ढंगबाट कार्यान्वयनमा ल्याउन प्रशस्त खट्नुपर्नेछ । 

अर्को कुरा, गैरआवासीय नेपाली तथा भूपू गोर्खाहरूको वंशजको नागरिकताको निरन्तरताका लागि सरकारसँग सहकार्य गर्नु नै छ । यतिवेला विश्वभरका नेपालीले माग गरिरहेको मुख्य कुरा भनेको मताधिकारको अवसर नै हो । आगामी ०८४ को निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरूले मताधिकार पाउने व्यवस्था मिलाउन हामी सरकारसँग दबाबमूलक रूपमा काम गर्न तयार छौँ । र, सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने लक्ष्य पूरा गर्ने संकल्प लिएको छु ।

एनआरएनएलाई एकताबद्ध गराउन मेरो उम्मेदवारी 
 राजेन्द्रकुमार शर्मा 