१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २२ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २२ सोमबार o८:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

भेपमार्फत सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान : राहुल महरासहित चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २२ सोमबार o८:१o:oo

बहुचर्चित विद्युतीय चुरोट (भेप)भित्र लुकाई गरिएको सुन तस्करीसँग सम्बन्धित दोस्रो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ । प्रहरीले प्रतिवेदनमा सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुनपर्ने निष्कर्ष निकालेको छ । तर, उनका छोरा राहुलसहित चारजनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस छ ।

घटनामा नयाँ पात्रको नामसमेत जोडिएपछि प्रहरीले दोस्रो चरण पुनः अनुसन्धान थालेको थियो । सोही क्रममा राहुल गत १३ भदौमा पक्राउ परेका थिए । प्रहरीले पूरक अभियोजनमा राहुलसहित अन्य चारजनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । अन्य प्रतिवादी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक ली हानसोङ छन् । उनीहरूविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ । 

भेपमा लुकाई सुन तस्करी भएको घटनामा सिआइबी अनुसन्धानरत थियो । यो सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । चारजनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।

एसएसपी दिनेश आचार्य

सिआइबीका एसएसपी दिनेश आचार्यले भेपमा गरिएको सुन तस्करीको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । ‘भेपमा लुकाई सुन तस्करी भएको घटनामा सिआइबी अनुसन्धानरत थियो । यो सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । चारजनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ,’ उनले भने । 

घटनामा जोडिएका दावाजिन वाङसहितका ६ जना चिनियाँ नागरिकलाई भने भेट भएको बखत पक्राउ गर्ने र आवश्यक मुद्दा चलाउने गरी प्रतिवेदन बनाइएको छ । सिआइबीले उनीहरूविरुद्ध सुनको अवैध चोरी–पैठारी र संगठित अपराधअन्तर्गत म्याद थप गरे घटनाको अनुसन्धान गरेको थियो । 

सिआइबीले पहिलो चरणको अनुसन्धान सकेर गत २७ असारमा नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही क्रममा पूर्वसभामुख महरा र उनका छोरा राहुलसमेत जोडिएका समाचार सार्वजनिक भएपछि सिआइबीले घटनाको दोस्रोपटक पुनः अनुसन्धान थालेको थियो । 

 कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुनपर्ने सिआइबीको निष्कर्ष
पूर्वसभामुख कृष्णबहादुरले भन्सारमा राखिएको सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक फोन गरेको आरोप थियो । उनका छोरा राहुलले सुन छुटाउन भन्सारका कर्मचारीलाई दबाब दिने तथा अभियुक्तलाई सहयोग गरेको आरोप लागेको थियो । घटनामा संलग्न रहेको देखिएकै आधारमा राहुललाई मुद्दामा प्रतिवादी बनाइएको हो । 

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ विद्युतीय चुरोटसहित पक्राउ परेका थिए । उनले जहाजबाट दुईवटा सुटकेसमा लुकाई ७३ कार्टुनभित्र सात सय ३० थान भेप ल्याएका थिए । शंका लागेपछि उक्त भेप विमानस्थलस्थित भन्सार कार्यालयको स्टोरमा राखिएको थियो । 

भेपभित्र सुन रहेको खुलेपछि भन्सारकै अधिकृत रेवन्त खड्कासहितका कर्मचारीको मिलेमतोमा चोरी गरिएको थियो । र, उक्त सुन बिक्री गरेका थिए । भेप चोरी भएको खुलेपछि घटनाको अनुसन्धान सिआइबीले गरेको थियो । अनुसन्धानका क्रममा भेपभित्र साढे नौ किलो सुन रहेको खुलेको थियो ।

ad
ad
ad
ad