Skip This
अपर तामाकोशीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १८ बिहीबार १७:५o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अपर तामाकोशीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार १७:५o:oo

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीहरूलाई १ कित्ता सेयरबराबर १ कित्ताको प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा हकप्रद सेयर निष्कासन गरिरहेको छ।

कम्पनीका संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन्। संस्थापकहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ। मंगलबारसम्ममा सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए।

हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोजसम्म रहेको छ। १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २-२ प्रतिशत संस्थापक सेयर रहेको छ।

सेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख-२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरिसकेका छन्।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ। सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्नेछ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।