१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४२:oo

भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको संख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन्।   

बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले जानकारी दिए। 

अधिकारीहरूका अनुसार बाढीले सडकहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ। 

सिक्किम राज्यका मुख्यसचिव विजयभूषण पाठकका अनुसार अहिलेसम्म १० वटा शव फेला परेका छन्। सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्। 

हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ। एक सैनिकको उद्धार गरिएको थियो। 

विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजंगामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो। विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ। 

ad
ad