१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विजयादशमीको उत्तम साइत कात्तिक ७ बिहान ११:०२ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:oo:oo

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ।
 
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। 

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उनले बताए। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। 

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।

गत साउन महिनामा अधिक मास परेका कारण यस वर्षको बडादसैँ असोज अन्तिमदेखि सुरु हुँदै छ। कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।