१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असोज १६ मंगलबार १८:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रोसी गाउँँपालिकामा ४०२ धारा बनाउने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १८:५१:oo

रोसी गाउँपालिकामा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत ४०२ धारा बनाउने सम्झौता भएको छ। ३९८ घरधुरी, ३ विद्यालय र एक स्वास्थ्य संस्थामा धारा निर्माणका लागि ६ वटा खानेपानी आयोजना सम्झौता भएको हो।

सोमबार रोसी गाउँँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा)बीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। गाउँँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

वडा नं १२, १० र १ मा दुई–दुई गरी ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ। सो आयोजनाबाट ३९८ घरधुरी, ३ विद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९६२ जना लाभान्वित हुनेछ। तीनवटा वडामा ४०२ धारा निर्माण हुनेछ। सो ६ वटा आयोजना सम्पन्न गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरिएको छ।

रोसी गाउँँपालिका वडा नं. १ मा नकाउबेँसी तांलिङ खानेपानी आयोजनाले ८३ घरधुरी र एक विद्यालय गरी ८४ वटा धारा, सोही वडाको चुलिनटार खहरे खानेपानी आयोजनाले १४६ घरधुरी र एक स्वास्थ्य चौकी गरी एक सय ४७ वटा धारा, वडा नं. १० स्थित गौरीगाउँँ खानेपानी आयोजनामा २८ घरधुरीका लागि २८ वटा धार, सोही वडाको डाँडाखर्क माथिल्लो पोखरी ४० घरधुरीका लागि ४० वटा धार, वडा नं. १२ स्थित माथिल्लो केराबारी खानेपानी आयोजनाले ४९ घरधुरीका लागि ४९ वटा धारा र सोही वडाको बीच केराबारी खानेपानी आयोजनाले ५२ घरधुरी र एक विद्यालय गरी ५३ वटा धारा निर्माण हुने भएको छ।