१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असोज १६ मंगलबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजस्व अनुसन्धानद्वारा डेढ करोडको लत्ताकपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १३:१९:oo

भारतबाट तस्करी गरी ल्याएका लत्ताकपडा मंगलबार बिहान पनि राजस्व अनुसन्धानको टोलीले बरामद गरेको छ। सिराहा नगरपालिका– १८ तारापट्टी गाउँबाट ७८ पोका अवैध लत्ताकपडा बरामद गरिएको हाे। 

गोठमा लुकाएर राखिएको सूचनाका आधार खटिएकाे राजस्व अनुसन्धानको टोलीले करिब डेढ करोड रुपैयाँबराबरको लत्ताकपडा बरामद गरेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए। 

राजस्व अनुसन्धान कार्यालय इटहरीको सूचना र निर्देशनका आधारमा सशस्त्र प्रहरीको टोलीले उक्त लत्ताकपडा बरामद गरेको प्रमुख आचार्यले बताएका छन्। लत्ताकपडा बरामद गरिएको स्थान सशस्त्र प्रहरी गण नम्बर ७ नजिकै रहेको छ।

राजस्वले लगातार छापा हानेपछि स्थानीय सुरक्षा निकायकै सेटिङमा लत्ताकपडा लुकाएर राखिएको स्रोतको भनाइ छ। सिराहामा तस्करी बढेसँगै राजस्व अनुसन्धानको टोलीले गत शनिबारदेखि नै लगातार छापामारी गर्दै आइरहेको छ। 

शनिबारदेखि मंगलबारसम्म झन्डै तीन करोड रुपैयाँबराबरको तस्करीका अवैध लत्ताकपडालगायतका मालसामान बरामद भइसकेको छ। सिराहामा पछिल्लो समय सेटिङमै तस्करी फस्टाएपछि राजस्व अनुसन्धानले विशेष निगरानी राख्दै छापा मार्ने अभियानलाई जोड दिएको छ।