१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format ११:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिशूलीमा हाम फालेका युवक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- २ का ३८ वर्षीय निरञ्जन देवकोटा त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्।

सोमबार साँझ करिब साढे ६ बजेतिर गजुरी गाउँपालिका– ५ घाटबेँसीस्थित पुलबाट नदीमा हाम फालेका थिए।

मोटरसाइकलमा आएका देवकोटाले मोटरसाइकल पुलको बीच भागमा रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

देवकोटाले पुलमा छोडेको चप्पल र बागमती प्रदेश ०३–००५ प ४१७६ नम्बरको २२० सिसीको एभेन्जर मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। बेपत्ताका आफन्त र प्रहरीले देवकोटाको खोजी गरिरहेका छन्।