Skip This
भैरहवा विमानस्थलको विवादित जग्गाको मुआब्जा नदिइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असोज १६ मंगलबार o९:११:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलको विवादित जग्गाको मुआब्जा नदिइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार o९:११:oo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले मालपोतले जग्गा दर्ताका क्रममा लिएका आधार, निर्णयको प्रक्रिया र अधिकार क्षेत्रको प्रयोगलगायतका फाइल  अध्ययनका आधारमा तत्कालका लागि मुआब्जा नदिने निर्णय भएको हो । रनवेलगायत विमानस्थलभित्र पर्ने चार बिघा १६ कट्ठा जग्गा ०८० वैशाख ८ गते जिल्ला मालपोत कार्यालय रुपन्देहीले पर्वतराज कान्त मिश्राको नाममा लालपुर्जा कायम गरिदिएको थियो । त्यसपछि मुआब्जा मागदाबीका विषयमा बसेको मुअब्जा निर्धारण समितिको बैठकले सबै गतिविधि शंकास्पद देखिएको भन्दै मुआब्जा नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । साथै, लालपुर्जा दिनुपर्ने कारण माग गर्दै जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय रुपन्देहीसँग जवाफ माग गरेको छ ।  

सिद्धार्थनगर नगरपालिका वडा नं १० मा रहेको शवदाह स्थलको एक बिघा ६ कट्ठा जग्गा दलालहरूले व्यक्तिको नाममा नामसारी गरेको तथ्य बाहिरिएसँगै विमानस्थलको रनवे क्षेत्र र विमानस्थलभित्रै पर्ने कालीमाताको नाममा रहेको जग्गा नै मालपोत कार्यालय रुपन्देही र दलालहरूको मिलेमतोमा पर्वतराज कान्त मिश्राको नाममा नामसारी गरेको खुलेको हो । 

मागअनुसार विमानस्थल परियोजनाले मुआब्जा दिने हो भने करिब १५ करोड जग्गा धनी मिश्रले प्राप्त गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले बताए । तर, जिल्ला मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चायले नियमसंगत तरिकाबाट जिल्ला अदालतको आदेशअनुरूप मिश्रलाई जग्गा धनीपुर्जा दिएको जिकिर गरेका छन् ।  

यसरी सुरु भयो चलखेल   
विमानस्थल क्षेत्रमा २०२२ सालतिर सुजा मिश्राइनको नाममा ३० बिघा १४ कट्ठा १४ धुर जग्गा थियो । भूमि ऐन २०२१ अनुसार एक व्यक्तिको नाममा ११ बिघाभन्दा बढी जग्गा राख्न नपाउने थियो । ९ पुस ०२२ मा हदबन्दीभन्दा बढी  जग्गामध्ये चार बिघा कालीमाता मन्दिरलाई दिने उनले घोषणा गरिन् । 

नि:सन्तान रहेकी मिश्राइनको १८ माघ २०२५ मा निधन भयो । ३० बिघा जग्गामध्ये ११ बिघाभन्दा माथि र कालीमाता मन्दिरलाई दिएको चार बिघा जग्गाभन्दा बाहिर रहेको करिब १५ बिघा छुट कित्ताहरूमा नजिकका हकदारले हकदाबी गरे । उनीहरू अदालती प्रक्रियामा गएसँगै २०६४ मा जिल्ला मालपोत कार्यालय रुपन्देहीले सात कित्ता जग्गा मन्दिरलाई छाडी बाँकी रमाकान्त मिश्रको नाममा कायम गरिदियो । 

मालपोत कार्यालयको उक्त निर्णयविरुद्ध हरिप्रसाद र चन्द्र शेखरले पुनरावेदन अदालतमा फरक–फरक मुद्दा दायर गरे । २२ मंसिर ०६४ मा रमाकान्त मिश्रको मृत्यु भयो । १ भदौ ०६५ मा अदालतले मृतक रमाकान्त मिश्रको नाममा फैसला ग¥यो । मिश्रको मृत्युपछि हकवाला पर्वतराज कान्त मिश्रको नाममा १७ बिघा तीन कट्ठा जग्गा आयो । सो जग्गामा मोही रहेकाले १० बिघा ६ कट्ठा मिश्रको नाममा कायम हुन्छ । उक्त जग्गा मिश्रले बिक्री गरेर बाँकी एक बिघा एक कट्ठाको मुआब्जा पनि लिइसकेका छन् ।  

तिनै मिश्रले अहिले कालीमाता मन्दिरका लागि दिएको जग्गा मालपोत कार्यालय रुपन्देहीका कर्मचारीहरूको मिलेमतोमा छुट कित्ता कायम गरी ०८०  वैशाख ८ गते आफ्नो नाममा लालपुर्जा कायम गरी मुआब्जाका लागि परियोजनामा पेस गरेका छन् । विमानस्थलमा पेस भएका कागजातमा दुई कित्ता जग्गा ०६४ सालमा नै विमानस्थलले अधिग्रहण गरी रनवेसमेत बनाएको छ ।