
एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन्।
६०४ मत खसेकोमा शाहले ३६९ मत पाए भने शाहीले २०७ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाए।
अन्य पदाधिकारीमा पनि शाह प्यानलका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा टेकराज पछाई ३४२ मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका अन्य उम्मेदवार लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाए।
सचिवमा ध्रुवकुमार शाही ४०६ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी रुद्धबहादुर शाहीले १६९ मत प्राप्त गरे। उपसचिवमा शाह प्यानलका रमेशकुमार शाही र रवीन्दराज शर्मा विजयी भए।