१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १९:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोविन्द लिम्बू हत्याका आरोपित पक्राउ, प्रहरी भन्छ- हत्याको कारण मादकपदार्थ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:३५:oo

झापाको दमकमा गत शुक्रबार भएको हत्याको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। इलाम चुलाचुली– का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न दमक नगरपालिका– ७ का २२ वर्षीय सनम राईसहित थप तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

राईसँगै दमक –१ का २२ वर्षीय राजकुमार भुजेल र दमक– ७ का १८ वर्षीय  सवास आलम छन्। प्रहरीले पक्राउ गरेकाहरूलाई सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।  

घटनामा संलग्न अन्य आठजनालाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेकामध्ये सनमले नै गोविन्दमाथि छुरा प्रहार गरेका थिए।

घटना भएको दिन प्रहरीले घटनामा संलग्न भएको आरोपमा दमक– १ का २५ वर्षीय नामुद थेबे, दमक– १ का वर्षीय २६ को आकाश केरुङ, दमक– ७ का २३ वर्षीय राहुल श्रेष्ठ, मोरङ कानेपोखरी ७ का २८ वर्षीय सलमान लिम्बू, चुलाचुली–४ का ३१ वर्षीय सन्दीप राई, चुलाचुली– ३ का ३८ वर्षीय सूर्य केरुङ र चुलाचुली–३ का ३८ वर्षीय उपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको थियो। 

यस्तै, उनीहरूले मादकपदार्थ सेवन गरेको दमक–१ स्थित रुबेल माछा फ्राई एन्ड रोस्ट हाउसका सञ्चालक  विशाल कुमाललाई समेत प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला अदालत झापाबाट आठ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

हत्यामा प्रयोग भएको हतियार लुकाउन सहयोग गरेको भन्दै विराटनगर– ६ का २९ वर्षीय मफुद मियालाई पनि मोरङ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कमार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनले सनमले दिएको आपराधिक घटनामा प्रयोग भएको हतियार झाडीमा फालेका थिए।

गत शुक्रबार गोविन्दलाई दमक–१ स्थित कुमाल सनमले चोकमा छुरा प्रहार गरी हत्या गरेका थिए। हत्यापछि तीनजना भने फरार थिए। उनीहरू चार दिनसम्म विभिन्न जिल्लाका विभिन्न ठाउँमा लुकेर बसेका थिए। उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा खटिएको संयुक्त टोलीले सोमबार मोरङ उर्लाबारी– १ बाट पक्राउ गरेको हो। प्रादेशिक अनुसन्धान समूह प्रदेशमा भएको अपराधका घटनाको अनुसन्धानमा अब्बल मानिन्छ।

प्रहरीका अनुसार हत्याको कारण भने मादकपदार्थ देखिएको छ। मृतक लिम्बूसँगै उनीहरूले दमक–१ स्थित रुबेल माछा फ्राई एन्ड रोस्ट हाउसमा रातभर सँगै बसेर मादकपदार्थ सेवन गरेका थिए। 

मादकपदार्थ सेवनपछि बिहान करिब ४ बजे उनीहरूबीच वादविवाद हुँदा सनम राईले लुकाइराखेको छुराले गोविन्दको घाँटी तथा हात पाखुरामा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लिम्बूको हत्या योजनाबद्ध नभई तत्काल उब्जिएको विवादले भएको देखिएको छ। उनका अनुसार सनमले पिसाब गर्ने क्रममा मदिराले लठ्ठ एकजनाले ‘सिनियर’को अगाडि ‘जुनियर’ ले पिसाब फेरेको भन्दै सनमलाई गाली गरेका थिए। उनको कुरामा समर्थन जनाउँदै गएका गोविन्दलाई भने सनमले छुरा प्रहार गरेको ती प्रहरीको भनाइ छ। 

ad
ad