१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o असोज १५ सोमबार १४:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरोधी अभियान नरोकिने गृहमन्त्री श्रेष्ठको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १४:o१:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान कुनै पनि हालतमा नरोकिने दाबी गरेका छन्। 

सरकारमै रहिरहनका लागि तैँ चुप मै चुप रहने अवस्था नरहेको उल्लेख गर्दै उनले कसैको दबाब र प्रभावमा परेर अभियान नरोकिने दाबी गरेका हुन्।

सोमबार हेटौँडामा भएको निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपाल अनलाइनको वार्षिकोत्सव कार्यक्रममा बोल्ने क्रममा गृहमन्त्री श्रेष्ठले सरकारले थालेको अभियान तुहाउन लागिपर्नेहरूलाई परास्त गरेरै छाड्ने दाबी गरे।

‘सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियान तुहाउन विभिन्न तानाबाना बुनिँदै छ। यो हामी सबैलाई थाहा भएकै कुरा हो। राम्रो काम गर्न खोज्दा अप्ठ्यारो परेकाहरूले विरोध गर्नु सामान्य हो। कसैले विरोध गर्‍याे भन्दैमा यो अभियान रोकिन्न,’ उनले स्पष्ट पारे।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार वा गृहमन्त्री दुवैको निरन्तरता सम्भव नरहेको बुझ्न आग्रह गर्दै उनले त्यसकारण पनि यो अभियान नरोकिने दाबी गरे। उनले सरकारको अहिलेको प्राथमिकता भनेकै सुशासन कायम गर्ने र दण्डहीनताको अत्य गर्ने भएको बताए।

सुन तस्करी प्रकरण, भुटानी शरणार्थी प्रकरण र मिटरब्याजी प्रकरणमा सरकारले केही सफलता पाइसकेको उल्लेख गर्दै सरकारको यी अभियानमा सघाउन उनले सञ्चारमाध्यम र नागरिकलाई आग्रह पनि गरे।

भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरण अहिले पनि अनुसन्धानकै क्रममा रहेको जानकारी दिँदै उनले सामन्तवादको अवशेषको रूपमा रहेको मिटरब्याज प्रकरणलाई निष्कर्षमा पुग्ने चरणमा रहेको जानकारी दिए।

मुलुकमा सामाजिक, आर्थिक रूपान्तरण तथा विकास र समृद्धि अपेक्षाकृत हुन नसक्नुमा यस्तै विभिन्न घटना कारक रहेको दाबी गर्दै उनले आफूले चालेको अभियानका माध्यमबाट देशमा सुशासन र दण्डहीनता अन्त्य गर्न चाहेको बताए। 

‘यसमा हामी सफल हुन्छौँ। हाम्रै पालामा देशमा सुशासन र दण्डहीनताको अन्त्य हुन्छ। संक्रमणकालीन अवस्थाकाे पाइदा उठाउन खोज्नेहरूका कारण केही समय रोकिए पनि अब समृद्धिको अभियान रोकिन्न, ढुक्क हुनुस्,’ गृहमन्त्री श्रेष्ठले भने।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतले समृद्धिको अभियानामा संघीय सरकार र प्रदेश सकारबीच समन्वय हुनुपर्ने धारणा राखेका थिए।